सिन्धुलीमा अटो दुर्घटना : सातजना घाइते, पाँचको अवस्था गम्भीर

लोकपथ
84
Shares

काठमाडौं । सिन्धुलीमा अटो दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

हरिहरपुरगढी गाउँपालिका–३, गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो अनियन्त्रित भएर सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको हो ।

शनिबार दिउँसो करिब १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु।प्र।०१–००१ स ८१४० नम्बरको अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालकसहित सातजना घाइते भएका छन् । घाइतेहरू मकवानपुर र सिन्धुलीका स्थानीय रहेको प्रहरीले जनाएको छ ।

सबै घाइतेलाई उपचारका लागि मकवानपुर पठाइएको छ । दुर्घटनामा परेको अटो भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?