काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापामाथि लागेको आरोप सामाजिक सञ्जालमा फैलिएको हल्लाकै आधारमा विश्वास नगर्न आग्रह गरेका छन् ।
कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आएका आरोपको सत्यता नबुझी निष्कर्षमा पुग्न नहुने बताएका हुन् ।
उनले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधि, विधान र संविधानअनुसार सम्पन्न भएको दाबी गरे। महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट महाधिवेशन सफल भएको उनको भनाइ थियो ।
गगन थापामाथि पार्टीको आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप लागेको विषयमा बोल्दै शर्माले कसैले आरोप लगाउँदैमा त्यसलाई सत्य मान्न नहुने बताए ।
‘एउटा बिचौलियाले कहीँ भन्यो भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन रु सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नुहुन्छ कि हुँदैन रु’ उनले प्रश्न गरे ।
शर्माले अब गगन थापाको नेतृत्वमा कांग्रेसलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने बताए । देशमा परिवर्तन ल्याउने सपना बोकेको नेतृत्वमा पार्टीलाई नयाँ दिशातर्फ लैजानुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीलाई बलियो बनाउन हतार गर्नुभन्दा अध्ययन, मेहनत र आपसी संवादलाई प्राथमिकता दिनुपर्ने पनि बताए। केन्द्रीय समितिमा रहेका नेताहरू पार्टीको संगठन र आगामी योजनालाई व्यवस्थित बनाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया