विश्वकप क्रिकेट छनोट प्लेअफको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल इटालीसँग खेल्ने

लोकपथ
203
Shares

काठमाडौं । आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ प्रतियोगिता हुने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो ।

आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल इटालीसँग खेल्नेछ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

आईसीसीको खेल तालिका अनुसार विश्वकप छनोट प्लेअफमा नेपालसहित ८ वटा टिमले प्रतिष्पर्धा गर्नेछन् ।

जसअनुसार नेपालले दोस्रो खेल युगाण्डासँग डिसेम्बर ६ मा खेल्नेछ । डिसेम्बर १० मा युएईसँग तेस्रो खेल, डिसेम्बर १४ मा चौँथो खेल हुनेछ । त्यसैगरी डिसेम्बर १८ मा नामिबियासँग र डिसेम्बर २१ मा कुवेतसँग नेपालले खेल्नेछ ।

त्रिवि र मुलपानीस्थित स्टेडियममा हुने प्रतियोगिता अन्तर्गतका खेलमा नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?