चितवनबाट ६ लाखभन्दा बढी मूल्यका पटाकासहित दुई भारतीय नागरिक पक्राउ

लोकपथ
21
Shares

काठमाडौं । प्रहरीले चितवनका विभिन्न स्थानबाट ६ लाख २३ हजार ४६५ बराबरका पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थानका २९ वर्षीय कन्हैया कुमार रहेका छन् । कन्हैया भरतपुर महानगरपालिका–३ बाह्रघरेमा बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार उनीहरूको साथबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ८० हजार ३७२ वटा पटाका बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट नगद रु एक लाख ७२ हजार ३०० समेत बरामद गरेको छ ।

प्रहरीले पटाकाजस्ता विस्फोटक पदार्थको अवैध कारोबार भइरहेको जानकारी पाए नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

पक्राउ परेका दुवै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पटाका ओसारपसार तथा सञ्चय गरी राखेको कसुरमा म्याद थप गरी कानुनी कारबाही अघि बढाइने प्रहरी उपरीक्षक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?