काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य आज उल्लेख्यरुमा घटेको छ ।
आज आइतबार (कात्तिक १५) एकैदिन सुन तोलामा आठ हजार ३०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी आज आइतबार तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया