काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका चार जिल्लामा दुई दिन विद्युत् सेवा बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सबै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा पनि विद्युत् सेवा प्रभावित हुनेछ ।
केरौन १३२र३३ केभी सबस्टेसनको उपकरण परीक्षण तथा सञ्चालनको तयारीका लागि प्रसारण लाइनमा आवश्यक काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
तर, अर्नब चक्रवातको प्रभावले शनिबार काम सुरु गर्न नसकिए वा आंशिक रूपमा मात्रै काम गर्न सकिएमा आइतबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म र सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म पनि विद्युत् सेवा बन्द हुन सक्नेछ ।
प्राधिकरणका अनुसार निर्धारित समयभन्दा अगाडि नै काम सकिएमा विद्युत् सेवा पनि चाँडै सञ्चालनमा आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया