रास्वपा सचिवालय बैठक आज बस्दै

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा आज बिहान ११ बजे सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका विभिन्न विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठकमा छलफल हुने विषय तथा त्यसबाट आउने निर्णयप्रति राजनीतिक वृत्तमा चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?