एकैदिन ३ हजार २ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

लोकपथ
49
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३२ सय रुपैयाँले घटेर २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?