असोजमा ९ अर्ब ४७ करोडका सवारीसाधन आयात, ७५ प्रतिशत हिस्सा विद्युतीय गाडीको

लोकपथ
14
Shares

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै नेपालमा ९ अर्ब ४७ करोड रुपैयाँ बराबरका ५ हजार ५७ युनिट चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधन आयात भएका छन् । तीमध्ये विद्युतीय सवारीसाधनको हिस्सा करिब ७५ प्रतिशत रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा ८ अर्ब ३५ करोड रुपैयाँ बराबरका ३ हजार ८०२ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन् । यसले नेपाली अटोमोबाइल बजारमा ईभीको आयात उल्लेख्य रहेको देखाउँछ ।

यसैगरी, असोज महिनामा ७९ करोड रुपैयाँ बराबरका १ हजार ८३ युनिट पेट्रोल कार आयात भएका छन् । डिजेल इन्जिन भएका ८४ युनिट सवारीसाधन आयात गर्दा १८ करोड ५० लाख रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, ३ करोड ७८ लाख रुपैयाँ बराबरका ९ युनिट पेट्रोल हाइब्रिड गाडी आयात भएका छन् । अन्य प्रकारका १३७ युनिट सवारीसाधन आयातमा ११ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ ।

भन्सार विभागका अनुसार असोज महिनामा आयात भएका चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधनबाट सरकारले ७ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

अटोमोबाइल व्यवसायीहरूले नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा बुकिङ भएका सवारीसाधन ग्राहकलाई समयमै हस्तान्तरण गर्न ठूलो संख्यामा गाडी आयात गरेको बताएका छन् । एक्स्पो तथा अटो शोमा भएका बुकिङको व्यवस्थापन र ग्राहकलाई सवारीसाधन उपलब्ध गराउने उद्देश्यले आयात बढेको व्यवसायीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?