काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । तगातार चार दिनदेखि बढीरहेको सुनको मूल्य आज पनि तोलामा ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकिएको छ।
हिजो तोलामा ९०० रूपैयाँले बढेको सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया