काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा कात्तिक १२ देखि १८ गतेसम्म ‘चल्ने मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन् ।
मेलामा विभिन्न आकर्षक छुट, पुरस्कार र सहज फाइनान्स सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
मेलाको मुख्य आकर्षण ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ । यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक, गोल्ड की वा १० लाख रुपैयाँसम्म नगद छुट पाउने अवसर प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रत्येक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन् ।
ग्राहकका पुराना सवारीसाधनको उचित मूल्यांकन गर्न मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटर खटाइनेछ। यसले ग्राहकलाई आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरको राम्रो मूल्य प्राप्त गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स सुविधा पनि उपलब्ध गराइनेछ। यद्यपि, यो सुविधा सम्बन्धित वित्तीय संस्थाको नियम तथा आवश्यक योग्यतामा निर्भर हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया