जुनसुकै जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि काठमाडौंबाटै पाइने

लोकपथ
49
Shares

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौंमा बसोबास गरिरहेका नागरिकहरुले अब नागरिकताको प्रतिलिपि लिन आफ्नो जिल्ला जाने झन्झट हटेको छ ।

सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नं २१ कार्यान्वयनमा आएसँगै काठमाडौंसहित तीन जिल्ला प्रशासनबाट प्रतिलिपि पाउने सकिने भएको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार प्रतिलिपिका लागि प्रदेशवाइज तीन जिल्लामा विभाजन गरिएको छ । जसअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि पाइनेछ ।

सीडीओ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं अन्तर्गतबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीले सेवा पाउनेछन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुर वा सो अन्तर्गतबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका सेवाग्राहीहरुले सेवा पाउनेछन् भने जिल्ला प्रशासन कार्यालय भक्तपुर वा सो अन्तर्गतबाट कोशी प्रदेश र मधेश प्रदेशका जिल्लाका सेवाग्राहीहरुले सेवा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?