एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

लोकपथ
294
Shares

काठमाडौं । नेकपा एमालेका मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।

बुधबार अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा‍.पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराएका हुन् ।

गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेका अन्य केन्द्रीय कमिटी सदस्यले भने यसअघि नै शपथ लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?