अब वारेसनामाबाटै सवारी दर्ता र नामसारी गर्न सकिने

लोकपथ
637
Shares

काठमाडौं । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ ।

संशोधित व्यवस्थाअनुसार अब सवारी धनी आफैँ यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारीसाधन दर्ता तथा नामसारी गर्न सकिनेछ ।

सवारीसाधन खरिदकर्ताले वारेसनामा दिएको व्यक्ति आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछ । त्यसका लागि वारेसनामा लिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्र पेस गर्नुपर्नेछ ।

त्यस्तै, डिलरबाट सवारीसाधनको जाँच भइसकेको अवस्थामा पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन । डिलरले गरेको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ ।

संशोधित व्यवस्थाअनुसार सवारीसाधनको बीमा गर्न वा बीमा नवीकरण गर्न पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन ।

त्यसैगरी, सवारीसाधन नामसारी गर्दा आवश्यक बायोमेट्रिक विवरण लिन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?