काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।
उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत गएका हुन् ।
बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक असोज २७ गते भारतको नयाँ दिल्लीमा हुँदै छ । बैठकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्री सहभागी हुनेछन् ।
बैठकमा आतंकवाद नियन्त्रण र विभिन्न देशबीच हुने अपराध रोकथामका विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया