काठमाडौं । ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक लेखक वीणा जोशी (राजभण्डारी) लाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको छ ।
विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किनुभएकी जोशीलाई २०८२ सालको मदन पुरस्कार अर्पण गरिएको हो ।
नृत्य कलाविद् जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो । १४ सय लामो पेजको यस पुस्तकमा १७ वटा खण्ड छन् ।
काठमाडौं उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाचहरु (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास जोशीद्वारा लिखित यस पुस्तकमा समावेश छन् । साथै छ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा समर्पित भई नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याउन भएका खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया