बबरमहलको आकाशे पुल निर्माण अन्तिम चरणमा, असोज २८ देखि सञ्चालन गर्ने तयारी

लोकपथ
14
Shares

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा निर्माण भइरहेको आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौंका अनुसार पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ ।

सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध देवकोटाका अनुसार २०८२ फागुन २१ गते सम्झौता भई सुरु भएको पुल निर्माण निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने तयारी गरिएको छ ।

हाइटेक इन्जिनियरिङ वर्कस प्रालि, हेटौँडाले निर्माणको जिम्मा पाएको यस आयोजनाको कुल लागत २ करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ रहेको छ । पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने अहिले रेलिङ राख्ने र भर्‍याङ जोड्ने काम भइरहेको छ ।

सम्झौताअनुसार पुल निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०८३ असोज ३० गतेसम्म रहेको छ । तर, सडक विभागले असोज २८ गतेदेखि नै पुल पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

बबरमहल क्षेत्रमा सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई ध्यानमा राखेर आकाशे पुल निर्माण गरिएको हो । पुल सञ्चालनमा आएपछि पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन् । यसले सडक दुर्घटना न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?