काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रिय संयोजन समितिको बैठकले वडा र पालिकास्तरको अधिवेशन स्थानीय तह निर्वाचन अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
उनकाअनुसार अगामी पुस ११ गते देशभरका सबै वडामा एकैदिन वडास्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी, अगामी माघ १५ पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिए । उनले जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन भने स्थानीय तह निर्वाचनपश्चात गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘अगामी पुस ११ गते देशभरका सबै वडामा वडास्तरका अधिवेशनहरु आयोजना गर्नेछौँ । माघ १५ गते पालिकास्तरीय अधिवेशन आयोजना गर्ने गर्नेछौँ । सबै पालिकामा एकै दिन अधिवेशन आयोजना गर्ने निर्णय भएको छ । अनि स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्नेछौँ । बैठकले युवाहरुलाई विशेष प्राथमिकता दिने र ५० प्रतिशत युवा सहभागिताको सुनिश्चितता गर्ने निर्णय पनि गरेका छौँ ।’
उनले तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढाउने निर्णय पनि पार्टीले गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया