काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
पूँजी बजार तथा धितोपत्रसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले असोज २१ गते बुधबार भरतपुर महानगरपालिकास्थित बोस्टन इन्टरनेशनल कलेजमा एकदिने कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीलाई धितोपत्र बजार, सेयर लगानीका आधारभूत विषय, जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका उपायबारे जानकारी दिइएको थियो ।
विद्यार्थीलाई पूँजी बजारका आधारभूत पक्षका साथै लगानी गर्दा अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक जानकारी दिइएको कम्पनीले जनाएको छ ।
ग्लोबल आइएमई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि वित्तीय साक्षरता तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस्ता कार्यक्रमले पूँजी बजारबारे सर्वसाधारणमा जानकारी तथा चेतना बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया