कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, भोलि मतदान हुने

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चारवटा प्रतिवेदन पेस गरी पारित गर्ने तयारी छ । प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।

महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापतिसहित उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुनेछन् ।

तर, सहमहामन्त्रीमध्ये ४ जना र कोषाध्यक्ष १ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?