काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गीता सत्यालले उम्मेदवारी दर्ता गरेकी छन् ।
मंगलबार राष्ट्रिय सभा गृहमा कांग्रेस नेतृ सत्यालले खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीति गरेर पार्टी राजनीतिमा आएकी नेतृ हुन् सत्याल । २०४८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय सत्याल ललितपुरको जिल्ला सदस्य हुँदै महिला संघ ललितपुरको अध्यक्ष बनेकी थिइन् । साथै २०७४ सालको स्थानीइ तह निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर बनेकी हाल कांग्रेसको केन्द्रीय सदस्य रहेकी छिन् ।
उनले महिलाहरुको आवाजलाई थप मुखरित गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया