काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार काठमाडौंको खुलामञ्चमा उनले औपचारिक रूपमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै चुनावी सरगर्मी बढेको छ ।
उम्मेदवारी घोषणा गर्दै डा.शर्माले कांग्रेसमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र पार्टीको संस्थागत सुदृढीकरणका लागि आफूले महामन्त्रीमा उम्मेदवारी दिएको बताए ।
उनले कांग्रेसलाई समयअनुकूल थप गतिशील र सशक्त बनाउन आवश्यक रहेको भन्दै पार्टीभित्र नयाँ ऊर्जा र नेतृत्वको आवश्यकता रहेकोमा जोड दिए ।
डा.शर्माले पार्टीलाई बलियो र प्रभावकारी बनाउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया