काठमाडौं । नेपाली कांग्रेसका उद्यमी विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवारी फारम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको छ ।
महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि सभापति, उपसभापति, महामन्त्रीलगायत विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया