काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ ।
प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ः१५ बजे बस्दैछ । बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेको उजुरी र उनीहरूले समितिमा बुझाएको कार्ययोजना सदस्यहरूलाई उपलब्ध गराइनेछ ।
१३ जना प्रस्तावित राजदूतविरुद्ध कुल सातवटा उजुरी परेका छन् । तीमध्ये दुईवटा उजुरी सबै उम्मेदवारसँग सम्बन्धित छन् भने पाँचवटा उजुरी छुट्टाछुट्टै उम्मेदवारलाई लक्षित गरेर परेको छ ।
सरकारले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापालाई राजदूतमा सिफारिस गरेको छ । बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबराको नाम प्रस्ताव गरिएको छ ।
त्यस्तै जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि पनि सरकारले राजदूत सिफारिस गरेको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना र उनीहरूविरुद्ध परेका उजुरीमाथि अध्ययन गरी सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया