यी हुन् कांग्रेस महाधिवेशन प्रतिनिधिहरु [नामावलीसहित]

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली प्रकाशित गरेको छ । समितिले एक सूचना जारी गर्दै प्रथम नामावली प्रकाशन गरिएको जानकारी गराएको हो ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनका लागि मतदाताको सूची सार्वजनिक गरिएको हो । प्रकाशित नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइट र आधिकारिक फेसबुक पेजमा हेर्न सकिने समितिले जनाएको छ ।

छुटेका नामावलीहरू अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जानकारी पनि गराइएको छ । प्रकाशित नामावलीमा कुनै दाबी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सम्बन्धित सबैलाई सूचित गरिएको छ ।

यस्तै, केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२ः३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ । केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ः०० बजेसम्म तोकिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार आज बिहान ९ः३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ । यस्तै, ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ ।

महाधिवेशनका लागि मतदाताको नामावलीसमते प्रकाशित भइसकेको छ । जसमा कुल ७,११४ जना मतदाता रहेको उल्लेख छ ।

https://drive.google.com/file/d/1YVJDn-pRHk_3e0KZN3SDZn7gxhzb4v1L/view?pli=1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?