काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार साँझ नेपाली कांग्रेसको महाधिवेशनस्थल खुला मञ्चमा रहेको मिडिया सेन्टरमा पत्रकारहरुसँग कुरा गर्दै खड्कीले उम्मेदवारी घोषणा गरेका हुन् ।
उनी काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधि जितेका हुन् । हालसम्म कांग्रेस सभापतिमा गगन थापाको चर्चा चलिरहेका बेला खड्कीले आफूलाई सभापतिमा मैदानमा उतार्ने घोषणा गरे ।
पत्रकारहरुसँग कुरा गर्दै उनले चार दशकअघि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको उल्लेख गर्दै उनले वडा कार्यसमितिको सदस्यदेखि क्षेत्रीय सभापतिसम्म रहेर काम गरिसकेको बताएका छन् ।
आइतबारबाट सुरु भएको कांग्रेस महाधिवेशन अन्तर्गत हाल केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मका पदहरुमा उम्मेदवारी घोषणा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया