‘बा’देखि युवासम्म र दाइदेखि एआईसम्मलाई जोड्न मेरो उम्मेदवारी : सुशील भट्ट

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन मार्फत केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका सुशील भट्टले आफ्नो उम्मेदवारीबारे स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेका कांग्रेसका युवा नेता भट्टले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको जोशलाई जोड्न आफू पुलको काम गर्ने बताए ।

साढे ७ दशक भन्दा लामो इतिहास बोकेको पुरानो पार्टी कांग्रेसमा नयाँ जोश, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उदेश्यका साथ आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।

‘गौरवपूर्ण इतिहास बोकेको नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यका साथ मैले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको यहाँहरु सबैलाई जानकारी गराउन चाहान्छु,’ उनले भनेका छन् ।

यसैगरी सैद्धान्तिक र व्यवहारिक रुपमा पार्टीलाई थप बलियो बनाउन आफूले ‘बा’ पुस्ताबाट प्रविधिसँग नजिक रहेको पछिल्लो जेनजी पुस्तासम्म पुलको काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो बनोस्। र, त्यो रुखको छायामा जनता सुरक्षित, सम्मानित र आशावादी बन्न सकून्,’ उनले भनेका छन्, ‘त्यसैले मेरो उम्मेदवारी कुनै एक पुस्ताको मात्र होइन। ‘बा’देखि युवासम्म र दाइदेखि एआईसम्मलाई जोड्ने डिभाइस बन्न चाहन्छु। परम्पराको सम्मान गर्दै परिवर्तनको बाटो रोज्ने यो अभियान हो।’

लामो समय विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आफूलाई अघि सारेका भट्ट काठमाडौं क्षेत्र नं ७ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?