काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
खुलामञ्चमा जारी बन्दसत्रमा थापाले आगामी चार वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनमा कांग्रेसको विगतको समीक्षा गर्दै आगामी दिनमा सरकारलाई खबरदारी गर्ने, निर्वाचनअघि गठबन्धन नगर्ने र पार्टीको संगठन पुनर्संरचना गर्ने विषय समेटिएको छ । त्यस्तै, निजी क्षेत्रसँग सहकार्य बढाउने, युवाको सहभागिता सुनिश्चित गर्ने तथा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई अघि बढाउने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।
थापाले गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक आधार कमजोर बनाएको उल्लेख गरेका छन् ।
त्यस्तै, भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा कांग्रेसलाई थप जवाफदेही, व्यवस्थित र जनमुखी पार्टीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
पूर्णपाठ हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया