सुन २ दिनमै तोलामा ४ हजार ५ सय सस्तियो, कतिमा हुँदैछ काराेबार ?

लोकपथ
203
Shares

काठमाडौं । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा २९०० रूपैयाँ घटेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा झरेको छ ।

हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले बढेको छ । हिजाे प्रतिताेला ४ हजार ३९० रुपैयाँमा काराेबार भएकाे चाँदी आज घटेर प्रतितोला ४ हजार ४३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?