काठमाडौं । मनकामना केबलकार सेवा मंगलबार एक दिन बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिले नियमित मर्मतसम्भारका लागि मंगलबार केबलकार सेवा बन्द रहने जनाएको हो ।
कम्पनीका अनुसार चाडपर्वअघि केबलकारलाई सुरक्षित र भरपर्दो बनाउन नियमित तालिकाअनुसार मर्मतसम्भार गर्न लागिएको हो ।
मर्मतसम्भारको काम सम्पन्न भएपछि २१ असोज बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया