नेपाल लाइफ बन्यो एनपीएलको ‘पावर्ड बाई’ पार्टनर

लोकपथ
7
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल प्रिमियर लिग (एनपीएल) को ‘पावर्ड बाई’ पार्टनर बनेको छ ।

कम्पनीले एनपीएलको टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग सहकार्य गरेको हो । यससम्बन्धी सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ ।

यस वर्षको टी–२० क्रिकेट प्रतियोगिता एनपीएल २०८३ कात्तिक ९ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुँदैछ ।

नेपाल लाइफले क्रिकेट नेपालीलाई जोड्ने साझा माध्यम बन्दै गएको भन्दै एनपीएलको प्रसारण यात्रामा जोडिएको जनाएको छ । क्रिकेटले देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीलाई एउटै उत्साहमा जोड्ने भएकाले यस सहकार्यलाई महत्वपूर्ण रूपमा लिएको कम्पनीको भनाइ छ ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले एनपीएलसँगको सहकार्य खेलप्रतिको प्रेम, नेपालीबीचको आत्मीयता र राष्ट्रिय एकतासँग जोडिने अवसर भएको बताए ।

उनले भने, ‘नेपाल लाइफ सधैँ नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको छ । खेलकुदले मानिसहरूलाई नजिक ल्याउँछ, साझा खुसी सिर्जना गर्छ र एकताको भावना बलियो बनाउँछ ।’

एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिन पाउनु कम्पनीका लागि विशेष महत्वको विषय रहेको उनले बताए ।

कम्पनीले नेपाली खेलकुदको प्रवर्द्धन, विकास र उत्थानमा सहयोग गर्ने प्रतिबद्धताको हिस्साका रूपमा यो सहकार्यलाई लिएको जनाएको छ । आगामी दिनमा पनि खेलकुदसँग सम्बन्धित यस्ता सहकार्यलाई निरन्तरता दिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?