काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आजबाट सुरु भएको कांग्रेसको महाधिवेशन लक्षित व्यंग्य गरेका छन् ।
नेपाली कांग्रेसले आफ्नो १५औँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंको खुला मञ्चमा उद्घाटन गरेको छ ।
नेपालको हरेक राजनीतिक परिवर्तनको साक्षीका रुपमा रहेको खुला मञ्च भूकम्पछि बन्द रहेको थियो । तर भुईँमा दुवो रोप्ने लगायत मर्मत गरेपछि त्यसलाई केही समयअघिदेखि खुला गरियो ।
काठमाडौं महानगरपालिकाले खु्ला मञ्चलाई थप व्यवस्थित बनाएपछि खुला गरिएको हो । आफू महानगरको मेयर रहँदा पहल गरेको विषयमा संकेत गर्दै प्रधानमन्त्री बालेनले कांग्रेसलाई नयाँ पार्टी भन्दै व्यंग्य गरेका हुन् ।
‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया