काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनामा दिनेमा पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन् ।
चारै जनाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको जानकारी गराएका हुन् । राजीनामाको कारणबारे भने उनीहरूले विज्ञप्तिमा विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया