काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्न अनिवार्य गरेको छ ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र परीक्षा केन्द्रको प्रवेशद्वार स्पष्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्नेछ ।
जडान गरिएका सीसी क्यामरामा कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड सुरक्षित राख्नुपर्नेछ । साथै, आवश्यक पर्दा अनुगमन गर्न सकिने गरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई क्यामराको पहुँच उपलब्ध गराउनुपर्नेछ ।
परीक्षा नियन्त्रण कार्यालयले आगामी दिनमा सञ्चालन हुने परीक्षामा यो व्यवस्था अनिवार्य रूपमा लागू गर्न सबै परीक्षा केन्द्रलाई निर्देशन दिएको छ ।
तोकिएअनुसार सीसी क्यामरा जडान नगर्ने वा अनुगमनका लागि आवश्यक पहुँच उपलब्ध नगराउने परीक्षा केन्द्र परिवर्तन गर्न सकिने चेतावनीसमेत कार्यालयले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया