कानून सुधारमार्फत लगानीको वातावरण बनाउने सरकारको तयारी

लोकपथ
14
Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानून सुधार गरेर विकास तथा लगानीको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले कानून सुधारलाई प्राथमिकता दिइएको बताए ।

उनले कानूनअनुसार राज्यको प्रणाली सञ्चालन हुने भएकाले कानून जस्तो बनाइन्छ, परिणाम पनि त्यस्तै आउने बताए । सरकारले नागरिकमैत्री र स्पष्ट कानून निर्माण गर्न खोजेको उनको भनाइ छ ।

सार्वजनिक खरिद ऐन संशोधनका क्रममा विभिन्न सरोकारवाला निकायबाट प्राप्त सुझाव अध्ययन गरिएको भए पनि नीतिगत आवश्यकता पूरा नगर्ने सुझाव समेट्न नसकिएको उनले बताए ।

पूर्वाधार निर्माणलाई थप गतिशील र प्रभावकारी बनाउन कानूनी सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले कानून निर्माणमा विचौलियाले लाभ लिने अवस्था सिर्जना हुन नदिने स्पष्ट पारे ।

उनले कानूनमा ‘गर्न सक्नेछ’ जस्ता अस्पष्ट शब्दावली नराखिने पनि बताए । कानूनलाई स्पष्ट, प्रभावकारी र नागरिककेन्द्रित बनाउने गरी सुधार अघि बढाउने सरकारको योजना रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?