शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिरहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

लोकपथ
35
Shares

सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सिरहाका कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको पढाइमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो ।

कम्पनीका अनुसार श्री आधारभूत विद्यालय प्रयागपुर, श्री जनता आधारभूत विद्यालय मरेवास, श्री शारदा माध्यमिक विद्यालय रामपुर बिरतास, श्री जनजागृति आधारभूत विद्यालय मनथै कुट्टी, श्री जनता आधारभूत विद्यालय महादेवास, श्री जनता आधारभूत विद्यालय मतेर्वास, जन चेतना आधारभूत विद्यालय मलहनिया खोरी र श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयका विद्यार्थीहरू यसबाट लाभान्वित भएका छन् ।

कार्यक्रममा विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै विद्यालयको आवश्यकतालाई ध्यानमा राख्दै पानी फिल्टर र पानी राख्ने जगसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

शैक्षिक सामग्री वितरणका क्रममा शौर्य सिमेन्टका प्रतिनिधिहरूले नगर प्रमुख, वडा अध्यक्ष, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए । सो क्रममा विद्यालयका शैक्षिक आवश्यकता र प्राथमिकताबारे जानकारी लिइएको थियो ।

कम्पनीले शिक्षा समुदायको दीर्घकालीन विकासको महत्वपूर्ण आधार भएकाले आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?