सर्‍यो कांग्रेस महाधिवेशनको मिति

लोकपथ
5.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति थप २ दिन सरेको छ ।

यसअघि कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरिएको थियो । तर हालै आएको भारी वर्षाका कारण कतिपय स्थानमा महाधिवेशन प्रतिनिधि चयनकै लागि समस्या भएको भन्दै महाधिवेशनको मिति २ दिन सारिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

गत असोज ३ गतेबाट सुरु भएको कांग्रेसको वडा अधिवेशन अहिले धेरै स्थानमा क्षेत्रीय र पालिका अधिवेशन चलिरहेको छ ।

कावा मुख्यसचिव दुलालका अनुसार अब कांग्रेसको महाधिवेशन आगामी असोज १८ गते खुलामन्चमा उद्घाटन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?