काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुःशाहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।
उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ संकेत गर्दै ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे ।
उनले अगामी दिनमा यस्तो दुस्साहस नगर्न सरकारलाई चेतावनी दिँदै कसैलाई असुरक्षा भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने बताए ।
उनले भने, ‘यो सरकारको लागि भारी पर्छ । यही तरिकाले सरकार चलाउने कोशिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्न चाहन्छु । र यस्तो घटना नदोहोर्याउनको लागि म सरकारको गम्भीर ध्यानाकर्षण पनि गराउन चाहान्छु । यो लाटो मान्छेले पनि बुझेको छ सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो भन्ने कुरा । यदि त्यसो भने त सुरक्षा बढाइदिने हो नि । युएनमा प्रधानमन्त्रीले जे बोल्नुपथ्र्यो त्यही लाइनमा बोलेको देख्छु । अर्को कुरा के हो भने हामीले कसैलाई बढाईचढाई गर्न जरुरी पनि छैन । बालेनजीको ठाउँमा अरु कोही गएको भएपनि अहिले बोल्ने त्यही कुरा हुन्थ्यो । बालेन गएर यो कुरा बोले अरु गएको भए बोल्दैन्थ्यो भन्ने कुरा सोचियो भने त्यो पनि सही हुँदैन । पूर्वप्रधानन्यायाधीश पक्राउ गरेर छोड्नुको तथ्य त विस्तारै बाहिर आउँदै जान्छ । जे भएपनि यदि सरकारले यदि छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ ।’
संयोजक दाहालले संयुक्त राष्ट्रसंघ ८१ औँ प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले गरेको सम्बोधन मुलुकले भोगिरहेको समस्याका हिसावले स्वभाविक रहेको प्रतिक्रिया दिए ।
उनले प्रधानमन्त्री साहको सम्बोधनको विषयलाई अनावश्यक बढाइचढाइ गर्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया