चोलेन्द्रले मागे थप सुरक्षा

लोकपथ
140
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग थप सुरक्षा माग गरेका छन् ।

शनिबार मध्यराति पक्राउ परी आइतबार छुटेका चोलेन्द्रले काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग थप सुरक्षा माग गरेका हुन् ।

उनका तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले कार्यालयलाई पत्र लेखेका हुन् ।

शनिबार मध्यराति चोलेन्द्रलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । कुनै कारण र पक्राउपुर्जी बिना उनलाई पक्राउ गरी राखिए पनि कुनै कारबाही प्रक्रिया अघि नबढाइ आइतबार दिउँसो छाडिएको थियो । तर प्रहरीले भने जेनजीबाट खतरा रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको दाबी गरिरहेको छ ।

त्यसपछि चोलेन्द्रले सरकारसँग थप सुरक्षा मागेको बुझिएको छ ।

‘हालको समयमा देशको अवस्था, सामाजिक सञ्जाल लगायत मिडियाहरुमा आएका कतिपय शान्ति सुरक्षासँग सम्बन्धित प्रश्नहरुको कारण म लगायत मेरो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस गरिरहेका छौँ,’ पत्रमा भनिएको छ, ‘मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु । मेरो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायहरुलाई जानकारी नै छ । त्यसैले मेरो निवास परिवार तथा मेरो जीउ ज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुगोस् भन्ने समेत निवेदन गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?