काठमाडौं । नेपाली कांग्रेसमा दिनानुदिन दुई पक्षबिच कित्ताकाट हुँदै गएको छ ।
संस्थापन र इतर पक्षबिच दुरि बढिरहँदा शेरबहादुर देउवा पक्षले छुट्टै वेबसाइट बनाएको छ ।
यसअघि कांग्रेसको वेबसाइट छुट्टै रहेकोमा देउवा पक्षले बालुवाटार चुनदेवी लोकेशन राखेर छुट्टै वेबसाइट बनाएको हो ।
बेवसाइटको मुख्य पृष्ठमा शेरबहादुर देउवा र डा. शशांक कोइरालाको तस्बिर र १५औँ महाधिवेशन सफल बनाउने सन्देश राखिएको छ ।
विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेको इतर पक्षले बेवसाइटमा केन्द्रीय समिति भने उल्लेख गरेको छ । समिति क्याटागोरीमा निर्वाचन समिति, सदस्यता व्यवस्थापन केन्द्रीय समिति, अनुशासन समिति र जनसम्पर्क समिति राखिएको छ ।
संस्थापन पक्षको केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थापन इतर पक्षले पनि छुट्टै महाधिवेशनको तयारीलाई तीव्र पारेको छ ।
इतर पक्षले आगामी असोज १५ गतेबाट वडा अधिवेशन गर्ने घोषणा गरेको छ । आगामी मंसिर २१, २२, २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी इतर पक्षले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया