काठमाडौं । ताप्लेजुङको दोभान भन्ने स्थानमा भीषण आगलागी भएको छ ।
जिल्लाको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार अहिले आगलागीबाट करिब १० घर जलेको छ भने आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरी आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
करिब ५० घर धुरिसहितको बाक्लो बस्तिमा के कारण आगलागी भयो भन्ने एकिन भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया