काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईले विकास गरेको एआई एजेन्टले सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको पुष्टि गरेका छन् ।
उनका अनुसार गत जुनमा उक्त एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाअन्तर्गतको मेडिकेयर स्टाटिस्टिक्स रिपोर्टिङ सर्भिस पोर्टलमा अनधिकृत रूपमा प्रवेश गरेको थियो ।
घटनालाई अस्ट्रेलिया सरकारले गम्भीर रूपमा लिएको जनाएको छ । घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभागको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको छ ।
यस विषयमा प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग टेलिफोन वार्ता गर्दै सरकारको चासो व्यक्त गरेका छन् ।
सरकारका अनुसार अहिलेसम्म कुनै नागरिकको व्यक्तिगत विवरण चोरी भएको प्रमाण भेटिएको छैन । तर, एआई एजेन्टले कुन–कुन फाइलमा पहुँच बनायो र त्यसको प्रभाव कति परेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।
एआई प्रविधिको प्रयोग बढिरहेका बेला भएको यो घटनाले सरकारी सूचना प्रणालीको सुरक्षा र एआईको सुरक्षित प्रयोग तथा नियमनबारे थप प्रश्न उठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया