भरी सिलिन्डरको सिल तोड्ने, ग्यास अभाव भन्दै कालोबजारी गर्ने व्यक्ति पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पसलमा रहेका भरिएका ग्यास सिलिन्डरको सिल खोली ‘ग्यास रित्तो हो’ भन्दै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँ बस्ने ४७ वर्षीय सरोज नेम्कुल रहेका छन् ।  

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, सानागाउँस्थित ुसिद्धीपुर ग्यास स्टोरुमा सिलिन्डरको सिल खोलेर ग्यास अभाव देखाउने गरिएको विशेष सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलको टोलीले छापा मारेको थियो ।  

उक्त ग्यास स्टोरमा खानतलासी गर्दा प्रहरीले २ वटा सिलसहितका र २२ वटा सिल नभएका ९खोलिएका० भरिएका ग्यास सिलिन्डरहरू फेला पारी बरामद गरेको छ ।  

स्टोर सञ्चालक नेम्कुललाई नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र ग्यासको कृत्रिम अभाव सिर्जना गर्न नहुने कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?