एमाले केन्द्रीय कमिटी बैठकमा के हुँदैछ ?

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । प्रत्येक सदस्यलाई धारणा राख्न ३ मिनेटको समय दिइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि केन्द्रीय सदस्यहरूले आफ्ना विचार राख्ने तयारी गरेका छन् ।

सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमा उनले पार्टी नेतृत्व परिवर्तनको विषयलाई अस्वीकार गर्ने संकेत गरेका छन् ।

ओलीले पार्टीको वर्तमान अवस्था र परिस्थितिलाई बेवास्ता गरेर नेतृत्व विस्थापन गर्दैमा पुनर्गठन नहुने तर्क गरेका छन् । उनले पार्टी पुनर्गठनको बहसलाई लहडका रूपमा अघि नबढाउन पनि आग्रह गरेका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठक बुधबारसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?