शेयर लगानीकर्तालाई थप राहत, पुँजीगत लाभकर घटाइएको निर्णय राजपत्रमा

लोकपथ
42
Shares

काठमाडौं । शेयर बजारमा लगानी गर्नेहरुका लागि पुँजीगत लाभकर घटाउने गरी गरेको निर्णयले औपचारिकता पाएको छ ।

सरकारले यसअघि गरेको शेयर बजारका लगानीकर्ताहरुका लागि पुँजीगत लाभकर घटाउने गरी गरेको निर्णय औपचारिक रुपमा नेपाल राजपत्रमा प्रकाशित भएको हो ।

नयाँ व्यवस्था अनुसार अब शेयर होल्ड गर्ने अवधिका आधारमा पुँजीगत लाभकर घटाइएको छ ।

नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा बासिन्दा प्राकृतिक व्यक्तिको लागि करको दर ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा तीन दशमलव सात पाँच प्रतिशत कायम गरिएको छ भने ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा पाँच प्रतिशत लाभ कर कायम गरिएको राजपत्रमा उल्लेख छ ।

सरकारको यो निर्णयले शेयर बजारका लगानीकर्ताहरुलाई ठूलो राहत हुने विश्वास गरिएको छ । आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकार मन्त्रिपरिषद्बाट यो निर्णय गरिएको हो ।

यसअघि अल्पकालीन र दीर्घकालीन लगानीकर्ताहरूका लागि पुँजीगत लाभ करको दर भिन्न र केही बढी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?