काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहत व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाएका छन् ।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बाढीबाट भएको अकल्पनीय क्षति सम्बोधन गर्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरेका हुन् ।
ओलीले भोटेकोशी बाढीलाई आफ्नो पुस्ताले देखे–भोगेकोमध्ये सबैभन्दा भयानक र असाधारण विपद्का रूपमा उल्लेख गरे । विपद्पछि जनताको पीडामा मलम लगाउन आफ्नो पार्टीले अन्य दलको तुलनामा बढी ठोस पहल गरेको उनको दाबी छ ।
उद्धार तथा राहतमा एमालेका कार्यकर्ताले खेलेको भूमिकाको प्रशंसा गर्दै ओलीले सरकार भने अफवाह फैलाउन र राज्यका स्रोत–साधनको दुरुपयोग गर्न केन्द्रित भएको आरोप लगाए ।
उनले बेली ब्रिज निर्माणका विषयमा सरकारले जनतालाई भ्रममा पारेको दाबीसमेत गरे । त्रिशूलीमा बेली ब्रिज बनिसकेको भनेर प्रचार गरिए पनि वास्तविकतामा त्यहाँ कुनै काम नभएको ओलीको भनाइ छ ।
‘भदौ १० गते भोटेकोशीमा आएको बाढीले हाम्रो पुस्ताले देखे–भोगेकोभन्दा पनि पृथक् र अभूतपूर्व रूपमा ठूलो मानवीय तथा भौतिक क्षति गर्यो । त्यसपछि उद्धारकाठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहत व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाएका छन् ।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बाढीबाट भएको अकल्पनीय क्षति सम्बोधन गर्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरेका हुन् ।
ओलीले भोटेकोशी बाढीलाई आफ्नो पुस्ताले देखे–भोगेकोमध्ये सबैभन्दा भयानक र असाधारण विपद्का रूपमा उल्लेख गरे । विपद्पछि जनताको पीडामा मलम लगाउन आफ्नो पार्टीले अन्य दलको तुलनामा बढी ठोस पहल गरेको उनको दाबी छ ।
उद्धार तथा राहतमा एमालेका कार्यकर्ताले खेलेको भूमिकाको प्रशंसा गर्दै ओलीले सरकार भने अफवाह फैलाउन र राज्यका स्रोत–साधनको दुरुपयोग गर्न केन्द्रित भएको आरोप लगाए ।
उनले बेली ब्रिज निर्माणका विषयमा सरकारले जनतालाई भ्रममा पारेको दाबीसमेत गरे । त्रिशूलीमा बेली ब्रिज बनिसकेको भनेर प्रचार गरिए पनि वास्तविकतामा त्यहाँ कुनै काम नभएको ओलीको भनाइ छ ।
‘भदौ १० गते भोटेकोशीमा आएको बाढीले हाम्रो पुस्ताले देखे–भोगेकोभन्दा पनि पृथक् र अभूतपूर्व रूपमा ठूलो मानवीय तथा भौतिक क्षति गर्यो । त्यसपछि उद्धार र राहतमा हामी सक्रिय रूपमा लाग्यौँ,’ ओलीले भने ।
उनले विपद्का बेला राज्यका स्रोत–साधनको प्रभावकारी उपयोग हुन नसकेको र गलत सूचना प्रवाह भएको विषयमा गम्भीर प्रश्न उठेको बताए ।
बेली ब्रिज निर्माण नभइसके पनि निर्माण भइसकेको भन्दै प्रचार गर्ने, एआईबाट तयार गरिएका तस्बिर तथा नक्सा प्रयोग गर्ने र एउटा खोलामा राखिएको पुललाई त्रिशूलीमा राखिएको भनेर प्रचार गर्ने काम भएको ओलीले आरोप लगाए ।
‘त्रिशूलीमा बेली ब्रिज राखिएको भनिए पनि अहिलेसम्म त्यहाँ बेली ब्रिज जडान नभएको अवस्था छ,’ उनले भने, ‘विपद्को समयमा प्रचारभन्दा तथ्यमा आधारित सूचना, प्रभावकारी उद्धार र वास्तविक पुनःस्थापनामा राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।’
ओलीले त्रिशूलीमा बेली ब्रिज बनिसकेको भन्दै गलत सूचना प्रवाह गरिएको र एउटा खोलाको तस्बिरलाई त्रिशूलीको तस्बिर भन्दै प्रचार गरिएको दाबी गरे । र राहतमा हामी सक्रिय रूपमा लाग्यौँ,’ ओलीले भने ।
उनले विपद्का बेला राज्यका स्रोत–साधनको प्रभावकारी उपयोग हुन नसकेको र गलत सूचना प्रवाह भएको विषयमा गम्भीर प्रश्न उठेको बताए ।
बेली ब्रिज निर्माण नभइसके पनि निर्माण भइसकेको भन्दै प्रचार गर्ने, एआईबाट तयार गरिएका तस्बिर तथा नक्सा प्रयोग गर्ने र एउटा खोलामा राखिएको पुललाई त्रिशूलीमा राखिएको भनेर प्रचार गर्ने काम भएको ओलीले आरोप लगाए ।
‘त्रिशूलीमा बेली ब्रिज राखिएको भनिए पनि अहिलेसम्म त्यहाँ बेली ब्रिज जडान नभएको अवस्था छ,’ उनले भने, ‘विपद्को समयमा प्रचारभन्दा तथ्यमा आधारित सूचना, प्रभावकारी उद्धार र वास्तविक पुनःस्थापनामा राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।’
ओलीले त्रिशूलीमा बेली ब्रिज बनिसकेको भन्दै गलत सूचना प्रवाह गरिएको र एउटा खोलाको तस्बिरलाई त्रिशूलीको तस्बिर भन्दै प्रचार गरिएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया