काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ ।
टेलिकमले अफरअन्तर्गत ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराएको छ ।
अनलिमिटेड लाइट ४९९ प्याकेजको मूल्य करसहित ४९९ रुपैयाँ रहेको छ । यसमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक ५ जीबी डाटा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।
त्यस्तै, धेरै डाटा प्रयोग गर्ने ग्राहकका लागि अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध गराइएको छ । करसहित ६९९ रुपैयाँ पर्ने यो प्याकेजमा ३० दिनसम्म दैनिक १० जीबी डाटा पाइनेछ। दैनिक १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने रेन्टल चार्जसमेत प्याकेजमै समावेश गरिएको टेलिकमले जनाएको छ ।
यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिनका लागि मात्र उपलब्ध हुनेछ । ग्राहकले आफ्नो मोबाइलबाट १४१५ डायल गरेर वा नेपाल टेलिकम एपमार्फत अफर लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया