काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा.गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ ।
उनको नियुक्ति असोज १ गतेदेखि लागू हुनेछ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार तिवारीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
तिवारी यसअघि सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा काम गरेका थिए ।
२५ वर्षभन्दा लामो समयदेखि आर्थिक नीति, लगानी सुधार र सार्वजनिक–निजी साझेदारीका क्षेत्रमा काम गर्दै आएका तिवारीले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका संस्थामा काम गरिसकेका छन् ।
यसअघि उनी सीबीफिनका महानिर्देशक, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ प्राविधिक विज्ञ तथा नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्षसमेत भइसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका तिवारीले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया