मन्त्रिपरिषद्को बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र प्रशासनिक कामकाजलाई थप गतिशील बनाउने उद्देश्यसहित बुधबार अपराह्नका लागि नियमित बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार आजको यो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अपराह्न ठ्याक्कै ४ बजे सुरु हुनेछ ।

पछिल्लो राजनीतिक घटनाक्रम, जलवायु प्रकोप व्यवस्थापन र सरकारले अगाडि बढाउने नीतिगत निर्णयका विषयमा यस बैठकमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?