कांग्रेस १५औँ महाधिवेशन : सभापतिको उम्मेदवारी दस्तुर ४० हजार, कसको कति ?

लोकपथ
364
Shares

काठमाडौं । १५औँ महाधिवेशनमा जुटेको नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ ।

जसमा तल्लो तहदेखि केन्द्रीय पदाधिकारीहरुको उम्मेदवारीका लागि दस्तुर तोकिएको छ । जसअनुसार केन्द्रीय सभापतिमा उम्मेदवारी दिनेले ४० हजार दस्तुर बुझाउनुपर्नेछ ।

केन्द्रीय उपसभापति र महामन्त्री पदको निर्वाचनका लागि ३० हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार शुल्क तोकिएको छ ।

सात वटा प्रदेशका प्रदेश समितिको नेतृत्व चयनका लागि समेत शुल्क तोकिएको छ । जसअनुसार प्रदेश सभापति पदको निर्वाचनका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्री पदका लागि १० हजार र प्रदेश सदस्य पदका लागि ५ हजार शुल्क तोकिएको छ ।

अन्य पदमा कसको शुल्क कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?